पौडी खेल्न गएका ३ जनाको डुबेर मृत्यु

बुटवल । कपिलवस्तुमा पौडी खेल्ने गएका ३ जनाको डुबेर मृत्यु भएको छ । उनीहरुको मंगलबार दिउँसो पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।

मृत्यु हुनेमा शिवराज नगरपालिका २ हल्लानगरका आशिक भट्टराई, निराजन भुषाल र सुमित सुनार रहेका छन् ।  दिउँसोको समयमा गर्मी भएपछि गर्मी छल्न उनीहरु गाउँ नजिकैको सुरई खेलामा पौडी खेल्न गएका थिए ।

पौडीखेल्न नजानेरै मृत्यु भएको हुनसक्न प्रहरीले आशंका गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार