भिडन्तमा मारिए विप्लवका सर्लाही इन्चार्ज

काठमाडौं । नेत्र बिक्रम चन्द (विप्लव) नेतृत्वको सर्लाही इन्चार्ज कुमार पौडेलको मृत्यु भएको छ । विहिबार दिउँसो सर्लाहीको लालबन्दीमा प्रहरी र विप्लव समुहबीच भएको भिडन्तमा विप्लवका सर्लाही इन्चार्ज पौडेलको मृत्यु भएको हो ।

प्रहरीका अनुसार लालबन्दी नगरपालिका– १ मा विप्लव समूहका कार्यकर्ताले गस्तीमा रहेको प्रहरी माथि आक्रमण गरेका थिए ।मोटरसाइकलमा आएको समूहले कटुवा पेस्तोलबाट गोली चलाएपछि प्रहरीले जवाफी फायरिङ गरेको थियो ।

प्रहरीले थ्री नट ३ को ३ राउण्ड गोली ना २२ प ६४ नम्बरको मोटसाइकल बरामद गरेको छ । विप्लवमा तीन जना कार्यकर्ता भने भाग्न सफल भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार