करेन्ट लागेर एक युवकको मृत्यु

रौतहट । रौतहटमा करेन्ट लागेर एक युवाको मृत्यु भएको छ । मोटरबाट खेतमा पानी पठाउने क्रममा करेन्ट लाग्दा युवाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा गौर नगरपालिका–८ सिर्सियाका ४० वर्षीय रामचन्द्र पाश्वान रहेका छन् । करेन्ट लागेर अचेत भएका उनलाई उपचारका लागि लागि जिल्ला अस्पताल लैजादैं गर्दा बाटोमै मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार