चट्याङ लागेर ६ को मृत्यु, एक घाइते

काठमाडौं । मंगलबार साझँ परेको चट्याङ लागेर  ६ जनाको मृत्यु भएको छ ।  रुपन्देही र दाङमा तीन तीन जना गरी ६ जनाको मृत्यु भएको हो ।
दाङमा चट्याङ लागेर तीन जना बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती गाउँपालिकाका १३ वर्षिया साजन चौधरी, ११ वर्षिया रमित र बिनाश चौधरी रहेका छन् । एक जना बालक घाइते भएका छन् ।

त्यसैगरी रुपन्देहीमा पनि तीन जनाको मृत्यु भएको छ । मृत्युहुनेमा कञ्चन गाउँपालिकाका ६० बर्षिया नन्दराम अर्याल, सैनामैनाका ६२ बर्षिया चन्द्रबहादुर बिक,र गैडहवा गाउँपालिकाका २५ बर्षिया भागवत दास लोध रहेका छन् । उनीसबै जना घर नजिकै गाइबस्तु चराउने क्रममा चट्याङ लागेर मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार