कैलाली । कैलालीमा सडक दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ भने एक जना घाइते भएकी छन् । मृत्यु हुनेमा गोदावरी नगरपालीका ९ कि मन्थरा खडायत रहेकी छन् ।
सोही ठाउँकी सुस्मा विक घाइते भएकी छन् । उनको अत्तरीयामा रहेको पदमा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
शुक्रबार दिउँसो गोदावरी नगरपालिका ८ स्याउले नजिक से १ च १५३६ नम्वरको स्कारपियोको ठक्कर बाटमन्थराको मृत्यु भएको हो भने सुस्मा घाइते भएकी हुन् ।












