बाजुरा । बाजुराको गौमुल गाउँपालिकालाई साक्षर गाउँपालिका रुपमा घोषणा गरिएको छ । कुल जनसंख्याको ९६.२५ प्रतिशत जनसंख्या साक्षर भएपछि शुक्रबार भव्य समारोहका बीच साक्षर घोषणा गरिएको हो ।
गाउँपालिकाका अध्यक्ष हरी बहादुर रोकायाले गाउँपालिकालाई साक्षर घोषणा गरेका छन् । गाउँपालिकामा १५ देखि ६० वर्ष उमेर समुहका जम्मा १० हजार ६ सय ९४ जनसंख्या मध्ये ६ हजार २ सय ६६ जना अर्थात ९६.२५ प्रतिशत जनसंख्या साक्षर भएका छन् ।
कुनैपनि गाउँपालिकालाई साक्षण घोषणा गर्न नेपाल सरकारले निर्धारण गरेका १२ वटा सूचक मध्ये ७ वटा सूचक अनिवार्य पालना गर्नु पर्दछ । गौमुल गाउँपालिकाले ति सूचक पुरा गरेकाले नै साक्षर घोषणा गरिएको गाउँपालिकाका उपाध्यक्ष सिता थापाले बताएकी छन् ।
बाजुरामा नौ वटा स्थानीय तह रहेका छन् । गौमुल गाउँपालिका साक्षण घोषणा हुने दोस्रो गाउँपालिका रहेको छ ।












