कैलाली । पत्रकार सम्मेलनबाटै अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष अशोकराज देवकोटालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार उद्योग वाणिज्य संघको कार्यालयमा आयोजित पत्रकार सम्मेलनबाटै पक्राउ गरिएकाे हाे ।
इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेठी नेतृत्वको टोलीले अध्यक्ष देवकोटासहित संघका सदस्य विपिन साउँद र व्यवसायी दिनेश विष्टलाई पक्राउ गरेको छ ।
पक्राउ परेका तीनै जनाविरुद्ध गोदावरी नगरपालिकाले सार्वजनिक हितविरुद्धको कसुर अन्तर्गत मुद्दा दर्ता गराइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
आफुविरुद्ध विनाकसुर सार्वजनिक मुद्धा लगाएको विषयमा पत्रकार सम्मेलन गराएर जानकारी दिइरहेका देवकोटा उल्टै पक्राउ परेका छन् । उनले गोदावरी नगरापालिकाको नगरसभामा बोल्न नदिएको भन्दै विरोध समेत जनाएका थिए ।













