काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक पार्टी कार्यालय सानेपामा बस्दै छ । बिहान ११ बजेबाट बस्ने बैठकमा पार्टीको विविध विषयमा छलफल गरिने बताइएको छ ।
आफुले संचालन गरेको राष्ट्रिय जागरण अभियानको पहिलो चरणको समीक्षा, भदौ २४ बाट सुरु हुने दोस्रो चरणको अभियान, भातृसंस्थाहरुको अधिवेशन लगायतका विषयमा बैठकमा छलफल गरिने छ ।
त्यसैगरी पार्टीको संरचना निमार्णका लागि गठित समिले आफ्नो प्रतिवेदन पनि प्रस्तुत गर्ने छ । संरचनाको विषयमा देउवा र पौडेल पक्षबीच ६० र ४० को अवधारणाअनुसार गर्ने विषयमा छलफल हुँदै आएको छ ।










