विश्वकप क्रिकेटमा इंग्ल्याण्ड भाग्यमानी सावित, यसरि उपाधी चुम्न सफल

काठमाडौं । यसपटकको विश्वकप क्रिकेटको उपाधि इंग्ल्याण्डले जितेको छ । उपाधी जितका लागि भाग्यमानी सावित भएको इंग्ल्याण्डले भने पहिलो पटक विश्वकप क्रिकेटको ट्रफी आफ्नो देश भित्र्याएको हो ।

प्रतियोगीताको फाइनलमा न्युजिल्याण्ड र इंग्ल्याण्डबीचको खेल निकै रोमाञ्चक भयो । निर्धारित ५० ओभरको खेलमा दुबै टीमले बराबरी रन बनाए । त्यसपछि सुपर ओभरमा पनि बराबरी रन भएपछि इंग्ल्याण्डलाई बाउण्डीका आधारमा निर्णायकहरुले जिवेता घोषणा गरेका हुन ।
बाउन्ड्रीका आधारमा मुल्यांकन हुँदा इंग्ल्याण्डले न्यूजिल्याण्डको भन्दा ६ वटा बाउन्ड्री बढी हानेको थियो। न्युजिल्याण्डले यस पटक उपाधी जित्ने ठुलो आस गरेपनि त्यो विफल भयो । सन् २०१५ मा पनि न्युजिल्यान्ड उपाधी जित्नबाट चुकेको थियो । फाइनलमा अष्ट्रेलियासँग न्युजिल्याण्ड पराजित भएको थियो । चौथो पटक फाइनलमा खेलेको इंग्ल्याण्डले पहिलो पटक विश्वकपको उपाधि उचालेको हो ।

यस्तो रोमाञ्चक थियो खेल
विश्वकपको फाइनल खेलको निर्धारित ५० ओभरमा दुबै टोलीले समान २४१ रन बनाए । त्यसपछि खेल सुपर ओभरमा धकेलियो ।
पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले ६ बलमा १५ रन बनायो।
जितका लागि न्युजिल्याण्डलाई १६ रन चाहिएको थियो । तर उसले त्यो लक्ष्य भेटाउन नसकेपछि सुपर ओभरको खेल पनि बराबरी भयो।

फेरि पनि बराबरी, दुबैले बनाए २४१ रन
सुपर ओभरको खेल पछि उपाधीका लागि फेरि मैदान उत्रिएका दुबै टीमले बराबरी २४१ रन नै बनाए । न्युजिल्यान्डले ८ विकेटको क्षतिमा २४१ रन बनाएको थियो भने जितका लागि २४२ रनको लक्ष्य लिई मैदान उत्रिएको इंग्ल्याण्डले पनि सबै विकेट गुमाएर २४१ रन मात्रै बनाएको थियो । विश्वकप क्रिकेटको फाइनल खेलमा उपाधी उचाल्नका लागि यसरि दुबै टोलीबीच कडा प्रतिस्पर्धा र रोमाञ्चक खेल भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार