सांसदहरुलाई सभामुखको आग्रहः ‘विपद प्रभावित क्षेत्रमा पुगी उद्धार र राहतमा सहयोग गर्नुहोस’

काठमाडौं । सभामुख कृष्णबहादुर महराले सांसदहरुलाई प्राकृतिक विपद प्रभावित क्षेत्रमा पुगी उद्धार र राहतमा सहयोग गर्न आग्रह गरेका छन् ।
सभामुख महराले सोमबार एक विज्ञप्ति जारी गर्दै सांसदहरुलाई विपदमा परेकाहरुको आवश्यक राहात र सहयोगमा खटिन आग्रह गरेका हुन् । संघीय संसदको बैठक ९ दिनका लागि स्थगित गरेका सभामुख महराले आज जारि गरेको विज्ञप्तीमा संघीय संसद प्रतिनिधिसभाका सदस्यहरुलाई प्राकृतिक विपद्बाट प्रभावित क्षेत्रमा पुगेर पीडितहरुको उद्धार, राहत र सहयोगमा समन्वय तथा सहकार्य गर्न म आग्रह गरेका छन् ।

त्यस्तै संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि, सुरक्षाकर्मी, सामाजिक संघ संस्था, अभियन्ता र राजनीतिक दल लगायत सबैलाई विपदको यस कठिन समयमा प्रभावितहरुको सहयोगमा जुट्न सभामुख महराले अनुरोध गरेका छन् ।

प्राकृतिक विपद्बाट हुने जनधनको क्षति कम गर्न र विपद् आइपरेमा तत्काल उद्धार एवं राहतलाई अल्पकालीन र दीर्घकालीन योजना बनाई व्यवस्थित गर्न पनि सरकारलाई ध्यानाकर्षण गराएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार