नेविसंघ जुट्यो बाढीपहिरो तथा डुबान पीडितका लागि राहात संकलनमा

काठमाडौं । कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ बाढीपहिरो तथा डुबान पीडितका लागि राहात रकम संकलनमा जुटेको छ ।
सोमबार काठमाडौंका विभिन्न ठाँउमा नेविसंघले राहात रकम संकलन गरेका छ ।

भोटाहिटी, कोटेश्वर, भृकुटीमण्डप, बसन्तपुरलगायत ठाउँबाट सुरु गरिएको राहात रकम संकलनमा नगद र जिन्सी सहयोग संकलन भएको नेविसंघले जनाएको छ।

सोमबार करिब ५० हजार बराबरको राहत सहयोग संकलन भएको नेविसंघ नेता नवराज त्रिपाठीले जानकारी दिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार