नेकपाको ‘एकता’ सकस सकियो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकताको काम टुंगिएको छ । मंगलबार करिब तीन घण्टालामो छलफलपछि एकताको बाँकी काम टुंगिएको हो ।

यस अघि नेकपाका अध्यक्ष केपी ओली र प्रचण्डले असार मसान्तभित्र एकताको बाँकी काम टुंगाउने प्रतिबद्धता जनाएका थिए । सोही अनुसार दुबै अध्यक्षले छलफल गरेर एकताको काम टुंगोमा पुर्याएका हुने ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलबाट हार्दिकताका साथ एकताको काम सकिएको नेकपाका महासचिव विष्णु पौडेलले जानकारी दिएका छन् । अरु केही प्राविधिक कुरा भने साउन ५ गतेको बैठकले टुंगो लगाउने बताइएको छ ।

नेकपाको सचिवालयले जिल्ला कमिटीको इन्चार्ज र सहइन्चार्ज, पोलिटब्युरो गठन, कार्यसमितिको कार्यविभाजन लगायतका विषयमा टुगो लगाउन अध्यक्षद्धयलाई जिम्मेवारी दिएको थियो ।

सोही अनुसार अध्यक्षद्धय अ‍ोली र प्रचण्डले एक महिना गृहकार्य गरि त्यसलाई टुंगो लगाएका हुन् ।

नेकपा भित्र विभिन्न ३२ वटा विभाग, सल्लाहकार मञ्च, आयोगलगायतमा भागबण्डा भएको छ । जसमा तत्कालिन एमालेले १८ र तत्कालिन माओवादी केन्द्रले १४ वटा पाएको छ । जिल्ला कमिटीको इन्चार्ज र सहइन्चार्जमा भने ६० र ४० को आधारमा बाँडफाँड भएको बताइएको छ ।

दुई पार्टीबीच २०७५ जेठ ३ गते एकता भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार