बाढी प्रभावित जिल्लाहरुमा मन्त्री र सांसदहरुको टोली

काठमाडौं । बाढि प्रभावित तराईका जिल्लाहरुमा मन्त्री र सांसदहरुको टोली पुगेको छ । केहि दिनदेखिको अविरल बर्षापछि आएको बाढीले तहसनहस बनाएका तराईका जिल्लाहरुको अनुगमनका लागि बुधबार बिहानै मन्त्री र सांसदहरुको टोली त्यहाँ पुगेको हो ।

प्रभावित क्षेत्रमा क्षति, राहत र उद्धारको अवस्था कस्तो छ भन्नेबारे बुझ्न गृहमन्त्री रामबहादुर थापा (बादल), भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेठ, ऊर्जा तथा जलस्रोत मन्त्री वर्षमान पुन, उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव, पूर्वप्रधानमन्त्री माधव नेपाललगायतको टोली तराईका जिल्ला पुगेको हो ।

टोलीमा कृषि राज्यमन्त्री रामकुमारी चौधरी, संसदको विकास समिति सभापति कल्याणी खड्का, सांसद प्रभु साह पनि रहेका छन् ।

अविरल वर्षाका कारण प्रदेश २ का विभिन्न जिल्लाहरु नराम्रोसँग प्रभावित भएका छन् । बर्षपछिको बाढिका कारण प्रदेश २ मा ३२ जनाको मृत्यू भएको छ भने २ जना बेपत्ता भएका छन् । प्रहरीका अनुसार १ लाख १८ हजार १ सय ४ वटा घर प्रभावित भएका छन् ।

प्रभावित हुने घरसंख्या १३ हजार ४४ रहेका छन् भने ६ लाख ७९ हजार ३ सय १५ जना बाढीबाट प्रत्यक्ष प्रभावित भएका छन् । त्यस्तै ३ हजार ५ सय ७४ घर पूर्णरुपमा क्षति भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार