काठमाडौं । आज साउन १ गते । आजदेखि इन्टरनेटमा लाग्ने शूल्क बृद्धि भएको छ । सरकारले लागु गरेको १३ प्रतिशत करको मूल्य कायम गरी इन्टरनेट सेवा प्रदायक संघ(आइएसपान)ले मूल्य बृद्धि गरेको हो ।
साथै (आइएसपान) ले बृद्धि गरेको शुल्क सरकारलाई नै बुझाउने बताइएको छ । सरकारले चालू आर्थिक २०७६र७७ को बजेटमा १३ प्रतिशत कर लगाउने भएपछि इन्टरनेट सेवा प्रदायक सङ्घले इन्टरनेटको मुल्य साउनदेखि २० प्रतिशत बढेको छ ।
यसअघि भ्याटसहित १ हजार १ सय ३० रुपैयाँ बुझाउने उपभोक्ताले अब साउनदेखि भ्याटसहित १ हजार ३ सय ५६ रुपैयाँ बुझाउनु पर्नेछ।












