दाङ । पोखरीमा डुबेर दाङमा तीन किशोरीको मृत्यु भएको छ । जिल्लाको घोराही उपमहानगरपालिका–१८ स्थित कटुवा खोला किनारमा रहेको पोखरीमा डुबेर तीन किशोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
पोखरीमा नुहाउदै गर्दा एक्कासी दुबेर घोराही उपमहानगरपालिका–१८ सालघारीकी १९ वर्षीया झरना विक, झरनाकी १६ वर्षीया बहिनी अमृता र उपमहानगरपालिका–१८ अम्बापुरकी १९ वर्षीया वसन्ता विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहले जानकारी दिए ।
पोखरीमा डुबेको अचेत भएका उनिहरुलाई प्रहरीले उद्धार गरी उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेको थियो । प्रतिष्ठानमा उपचारका क्रममा उनीहरुको मृत्यु भएको प्रहरीले बताएको प्रहरी नायब उपरीक्षक शाहले बताए ।घटना आइतबार साँझ ७ः४५ बजेतिरको हो ।










