मन्दिरको छत खस्दा दुईको मृत्यु

पाँचथर । पाँचथरमा एक मन्दिरको छत खस्दा दुई जनाको मृत्यु भएको छ । जिल्लाको हिलिहाङ गाउँपालिका–७ भारपाको टारी भन्ने ठाँउमा निर्माणाधीन मन्दिरको छत खसेर स्थानीय जगतबहादुर राई र रुद्र राईको मृत्यु भएको प्रहरीले जनाएको।

प्रहरीका अनुसार बिहान करीब साढे नौं बजे ढलान गरिएको छतको सेटिङ खुस्काउने क्रममा पूरै छत नै खसेर उनीहरुको मृत्यु भएको हो । छत राम्रोसँग नअडिएका कारण दुर्घटना भएको प्रहरीको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार