काठमाडौँ । आजदेखि तीन दिनसम्म देशभरको मौसम बदली भई भिषण बर्षा हुने बताइएको छ । मनसुनी न्यून चापीय रेखा अझै नेपालको दक्षिण भू–भागमा रहेकाले तीन दिन देशभर भारी वर्षा हुनसक्ने जनाइएको हो ।
जल तथा मौसम पूर्वानुमान महाशाखाकाका अनुसार यो समयमा मनसुनी ‘ट्रफ’ कहिले तल कहिले माथि भइरहने भएकाले न्यून चापीय रेखा जहाँ रहन्छ त्यहाँ भारी वर्षा हुने गर्दछ।
केही दिनअघि भारततर्फ सरेको न्यूनचापीय रेखा सोमबार पुनः नेपाल प्रवेश गरेकाले तीन दिनसम्म भिषण बर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वर्षा संगै बाढि पहिरोको डर रहने भएकाले त्यसबारे सचेत रहन समेत महाशाखाले सबैमा आव्हान गरेको छ ।










