जुम्ला । जुम्लाबाट नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका दुई नेता पक्राउ परेका छन् । जिल्लाको हिमा गाउँपालिका–७ धाँचुगाउँका ४६ वर्षीय जिल्ला सेक्रेटरी विर्खबहादुर शाही र नरहरिनाथ गाउँपालिका–२ कालीकोटका युवा सङ्गठन नेपाल कर्णाली ब्यूरो अध्यक्ष ३६ वर्षीय जगतबहादुर विष्टलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला सेक्रेटरी शाहीको घरबाटै दुवै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । सेक्रेटरी शाही र विष्ट धाँचुगाउँमा आएको जानकारीका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिगएको टोलीले उनीहरूलाई पक्राउ गरेको प्रहरी निरीक्षक नवीन वलीले बताए ।










