पीडाको अवस्थामा पनि सत्ता पक्ष र प्रतिपक्ष भनेर बाँडिनु पर्यो-सांसद शाह

काठमाडौं । सांसद प्रभु शाहले विपत्तीको पीडामा पनि सत्ता पक्ष र प्रतिपक्ष भनेर बाँडिनु परेको भन्दै दुख ब्यक्त गरेका छन् ।
प्रतिनिधि सभाको बुधबारको बैठकमा सांसद शाहले बाढि र डुबान क्षेत्रको अवस्थाबारे जरुरी महत्वको बिषय संसदमा दर्ता गर्दा सत्तापक्ष र प्रतिपक्ष भनेर बाँडफाँड गरिएको भन्दै दुख ब्यक्त गरेका हुन ।

आफूहरुले दर्ता गराएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल नभएकोप्रति उनले आपत्ति समेत जनाएका छन् ।

“अविरल वर्षाका कारण देश अस्तव्यस्त छ उनले भने, पुरै तराई–मधेश ठप्प छ, जलमग्न छ । झन्डै सयको हाराहारीमा नेपाली जनताको मृत्यु भएको छ, सयौँ जति घाइते छन् । दर्जनौँ बेपत्ता छन् । हजारौँ घरबारविहीन छन् । आवतजावत ठप्प छ । यस्तो पीडादायी र विपत्तीको घडिमा हामीले यो संसदमा दर्ता गराएको जरुरी महत्वको प्रस्तावमाथी छलफल नहुनु दुखत छ ।”

सासंद शाहले बाढि र डुबान प्रभावित क्षेत्रबाट आफु लगायत काँग्रेस सांसद अमरेशकुमार सिंह, समाजवादी पार्टीका सांसद उमाशंकर अरगरियाले प्रस्ताव दर्ता गराएको भएपनि त्यसमाथि छलफल नगराइएको बताए ।

“के पीडितहरुले दर्ता गराएको प्रस्तावमाथि छलफल नहुनुपर्ने ? काठमाडौंको एउटा एसीवाल महलमा बसेर तयार पारिएको प्रस्तावमाथि छलफल हुनुपर्ने ?  सभामुखसँग सोध्न चाहन्छु,” उनको प्रश्न थियो ।

नेपाली काँग्रेसले सत्तापक्ष र प्रतिपक्ष भनेर बाँडिदियोको भन्दै उनले आफ्नो न्याय हराएको तर काँग्रेसको हठ जितेको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार