निर्मलाका हत्यारालाई कारवाहीको माग गर्दै संसद बैठक नै अवरुद्ध

काठमाडौं । प्रमुख प्रतिपक्ष दलको बिरोधका कारण आजपनि संसद बैठक स्थगित भएको छ । बैठक सुरु हुना साथ प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र राजपाले रोष्ट्रममा गएर नाराबाजी गरेपछि बैठक भोलीसम्मका लागि स्थगित गरिएको हो ।

संसद बैठक सुरु भए लगत्तै उभिएर बिरोध गरिरहेका सांसदहरुलाई सभामुख कृष्णबहादुर महराले बस्न आग्रह गरेका थिए ।
उभिएका सांसदहरु नबसेपछि सभामुख महराले ‘संसदको सुन्य समयको कारवाही प्रारम्भ भयो’ भन्ना साथ प्रतिपक्षका सांसदहरु रोष्ट्रममा गएर नाराबाजी सुरु गरेका थिए ।

बिशेषगरी, प्रतिपक्षी दलहरूले सर्लाहीका दुई छुट्टा छुट्टै घटनालाई लिएर संसदीय छानबिन समिति गठनको माग गर्दै नाराबाजी सुरु गरे।

विप्लव नेतृत्वको नेकपाका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको मृत्यु र सर्लाहीकै सरोज नारायण सिंहको प्रहरीको गोलीबाट मृत्यु भएको विषयमा प्रतिपक्षी दलहरूले संसदीय छानबिन माग गर्दै आएका छन्।

त्यसैगरी उनिहरुले कञ्चनपुरकी निर्मला पन्तको हत्यारालाई कारवाहीको माग समेत छन्।

संसदको अर्को बैठक भोली दिउँसो २ बजे बस्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार