रौतहट । इँटाभट्टाको खाल्डोमा जमेको पानीमा डुब्दा एकै घरका दुई दाजु बहिनीको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटको चन्द्रपुर नगरपालिका ९ डुमरियामाका ११ वर्षीया अनिश साह र ८ बर्षकी कल्पना साह रहेका छन् ।
उनीहरु खेल्ने क्रममा इँटा उद्योगले बनाएको खाल्डोमा जमेको पानीमा डुबेको स्थानीयले बताएका छन् ।
दाजु बहिनीको मृत्युबारे प्रहरीले पनि अनुसन्धान गरिरहेको छ । यस अघि पनि पानी जमेको खाल्डोमा परेर धेरैले ज्यान गुमाइ सकेका छन् ।
स्थानीयले आफ्नो बच्चालाई पानीमा खेल्न जान नदिनका लागि सहयाेग गर्न प्रहरीले अभिभावकलाई अनुरोध गरेको छ ।










