बागलुङ । विप्लव समुहका अर्का ठुला नेतालाई प्रहरीले पक्राउ गरेको छ । बाग्लुङको ढोरपाटन नगरपालिकाको बुर्तिबाङ बजारबाट जिल्लास्तरीय नेता हरिबहादुर कुवँरलाई प्रहरीले पक्राउ गरेको हो ।
बुर्तिबाङ बजारमा औषधि व्यवसाय गर्दै आएका विप्लव समुहका जिल्ला सदस्य कुँवरलाई इलाका प्रहरी कार्यालय बुर्तिबाङले शनिबार उनको घरबाटै पक्राउ गरेको थियो ।
उनलाई जिल्ला अदालतबाट थप अनुसन्धानका लागि तीन दिनको म्याद थपी प्रहरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय बागलुङका निमित्त प्रहरीप्रमुख प्रहरी नायब उपरीक्षक झवीन्द्रप्रसाद भट्टराईले जानकारी दिए ।
नेता कुँवरलाई गत साउन १६ गते राति विप्लव समूहले बागलुङको निसीखोला गाउँपालिका–७ राजकुतमा रहेको एनसेलको टावरमा आगजनी गरेको आशङ्कामा पक्राउ गरेको उपरिक्षक भट्टराईले बताए उनिमाथी थप अनुसंन्धान भइरहेको छ ।











