काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) का सांसद राजेन्द्र महतोले आफ्नो नगरिकता खारेजीबारे अफवाह फैलाएको भन्दै आपत्ती जनाएका छन । राजपाका अध्यक्ष मण्डलका सदस्य समेत रहेका सांसद महतोले सरकारले जानि जानि आफुबारे गलत हल्ला फैलाएको आरोप समेत लगाए ।
सोमबार प्रतिनिधी सभामा बोल्दै उनले भने, “सरकारका प्रवक्ताले भने राजेन्द्र महतो लगायत आठ जनाको नागरिकता खारेज गरियो, कुन राजेन्द्र महतो हो, खैत ? सरकारले यस्तो संवेदनशिल बिषय, जुन राष्ट्रियतासंग जोडिएको बिषय हो । यसमा सरकारका प्रवक्ताले ठेगाना केहि उल्लेख नगर्ने ? राजेन्द्र महतो नाम गरेको मान्छे त हजार छ यो देशमा।”
नागरिकता खारेज गरिएकाहरुको पुरै ठेगाना नखुलाएर जानि जानि सरकारले आफ्नो मानहानी गरेकाले माफी माग्नु पर्ने उनको तर्क थियो ।
सांसद महतोले आफ्नो नागरिकता खारेज गरेको हो ? भनी सरकारलाई प्रश्न समेत गरे !
“यो भएन, भोलि कृष्णबहादुर महरा, पुष्पकमल दाहाललाई जोडेर यस्तो गरियो भने के हुन्छ ? ” उनले प्रश्न गरे।
सांसद महतोले सभामुख र नेकपा अध्यक्षलाई अशोभनिय शब्द प्रयोग गरेर उदाहरण दिन खोजेपछि बिचमै नेकपाका नेता खगराज अधिकारीले उठेर आपत्ति जनाएका थिए।
सांसद राजेन्द्र महतोले बोलेको भिडियो हेर्नुहोस












