सुधार केन्द्रमै एक युवकले गरे आत्महत्या

काठमाडौं । सुधार केन्द्रमा भर्ना भएका एक युवकले आत्महत्या गरेका छन् । कुलत छुटाउने भनि सुधार केन्द्रमा भर्ना गरिएका माधव कार्कीले केन्द्रमै आत्महत्या गरेका छन् ।

माधवले भक्तपुरको सूर्यविनायक ९ नंखेलको भाटेढिकुरमा रहेको नयाँ बिहानी सुधार केन्द्रमा आत्महत्या गरेको प्रहरी जनाएको छ ।

दोलखाको तामाकोश २ का माधवलाई करिब १ महिना अघि रक्सीको लत छुटाउन केन्द्रमा भर्ना गरिएका थिए । लत छुटाउन भर्ना भएका उनले दुई तले खाटमा पासो लगाएको भेटिएको छ ।

उनले आफ्नौ ट्याक सुटको तुनाले पासो लगाएको सिसि टिभि फुटेजमा भेटिएको प्रहरीले बताएको छ । आत्महत्या बारे अनुसन्धान भइरहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार