काठमाडौं । पत्रकार सालिकराम पुडासैनीको रहस्यमय मृत्युसँग सिधा कुरा जनतासँगका प्रस्तोता रवि लामिछानेको नाम जोडिएपछि उनले आफ्नो प्रतिकृया दिएका छन् । पुडासैनी चितवनको कंगारु होटेलमा सोमबार झुण्डिएको अवस्थामा मृत फेला परेका थिए ।
पुडासैनीको मोवाइलमा उनले आफ्नो मृत्युको कारणमा रबि लगायतका ब्यक्तीको नाम लिएको अडियो र भिडियो रेर्कड प्रहरीले भेटाएको भन्ने खबर बाहिर आएपछि रविले आफ्नो प्रतिकृया जनाएका हुन् ।
उनले आफ्नो फेसबुक लाइभ भिडियोमा पुडासैनीको मृत्युमा आफ्नो नाम जोडिएको विषयमा छानबिनका लागि तयार रहेको बताएका छन् । नुवाकोटका पत्रकार पुडासैनी रबिका पुर्ब सहकर्मी पनि हुन ।
पुडासैनी केही महिना अघिसम्म न्यूज २४ मा सिधा कुरा जनतासँग कार्यक्रमको रिपोर्टरका रुपमा कार्यरत थिए । तर पछिल्लो १ महिना देखि भने माउण्टेन टेलिभिजनमा मिसन न्युज नामक एक कार्यक्रम चलाउदै आएका थिए ।
भिडियो













