२०१८ की मिस नेपाल अर्थ प्रिया सिग्देल साझा पार्टीमा

काठमाडौं । २०१८ की मिस नेपाल अर्थ प्रिया सिग्देल साझा पार्टीमा आवद्ध भएकी छन् ।
देश भित्र र बाहिरबाट पार्टीको नेतृत्वमा युवाहरूलाई जोड्ने अभियानमा सकृय रहेको साझा पार्टीको आइतवार बसेको केन्द्रीय समितिको बैठकले सिग्देललाई केन्द्रीय सदस्यका रूपमा अनुमोदन गरेको पार्टीले जारि गरेको विज्ञप्तीमार्फत जनाएको छ ।

२४ वर्षीय पृया सिग्देललाई साझा पार्टीले केन्द्रीय सदस्यमा मनोनयन गरेपछि अब उनि राजनितीककर्मीका रुपमा पनि चिनिनेछिन् ।
‘डिभेलप्मेण्ट स्टडिज’मा स्नातक गरेकी पृया पिछडिएका महिलाहरूको सशक्तिकरणका लागि काम गर्ने सामाजिक संस्था हात्तीहात्तीकी संस्थापक अध्यक्ष पनि हुन्।

उनले फिलिपिन्समा भएको मिस अर्थमा नेपालको प्रतिनिधित्व गरेकी थिइन् र ‘युवा चेन्ज मेकर’को रूपमा स्विट्जरलण्ड, भारत र वंगलादेशमा आफ्ना प्रस्तुतिहरू दिएकी छन्।

“मिस नेपालको प्रमुख तीन टाइटल विजेता भएपछि धेरैको अपेक्षा म अब सिने कलाकार, मोडल, फ्याशन डिजाइनर, टेलिभिजन या अन्य कार्यक्रम प्रस्तोता नै हुने होला भन्ने हुँदो रहेछ सिग्देल भनिन, तर मलाई चाहिँ भित्रैदेखि राजनीतिकरूपमा अघि बढेर समाजको बृहत्तर रूपान्तरणमा भूमिका खेल्न रहर छ।

अबको नेपाल कस्तो बनाउने भन्ने निर्णयमा युवा पुस्ताको सक्रिय सहभागिता अनिवार्य हुनुपर्ने उनको भनाइ छ।

सानै उमेरमा सामाजिक उद्यम शुरू गरेर देश र विदेशमा युवा नेतृत्वकर्ताको रूपमा आफूलाई अघि बढाइरहेकी सिग्देलजस्ता युवा साझा पार्टीमा सामेल हुनु पार्टी निर्माणका लागि अत्यन्तै उत्साहजनक विषय भएको उक्त पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार