काठमाडौं । पछिल्लो समय राजधानीका विभिन्न ठाउँमा लुटिनेक्रम जारि छ । त्यसका सिकार सांसद समेत हुन थालेका छन् । पर्यटक शहरका नामले प्रख्यात काठमाडौ न्यूरोडमा प्रदेश नं। ३ कि प्रदेश सांसद भावना सुवेदी लुटिएकी छन् ।
न्युरोडो सडकमा हिँडिरहेका बेला पछाडीबाट अज्ञात व्यक्तिले सांसद सुवेदीको पर्स चोरेर भागेको सुवेदीसँगै रहेकी सावित्री आचार्यले बताइन ।
सांसद सुवेदीका अनुसार पर्समा ७ हजार नेपाली रुपैयाँ र केही महत्वपूर्ण कागजात, परिचयपत्र थिए।
सुवेदी सत्तारुढ नेकपाको तर्फबाट चितवन जिल्लाबाट समानुपातिक सांसद हुन ।












