थापालाई कालोमोसो र चप्पलको माला लगाइयो

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका २ का वडाध्यक्ष हिराबहादुर थापालाई मोसो र चप्पलको माला लगाइएको छ । वडाध्यक्ष थापालाई आज बिहीबार बिहान ११ बजे वडा कार्यालर्य अज्ञात समुहले कालोमोसो दलि र चप्पलको माला लगाएको वडा कार्यालयले जनाएको छ ।

वडाध्यक्ष थापालाई दुब्र्यवहार कसले र किन गर्यो भन्ने बिषयमा अनुसंन्धान भइरहेको प्रहरीको भनाई छ । उनलाई मोसो लगाउने समूहको पहिचान नखुले पनि नेत्र विक्रम चन्द विप्लव समूहले त्यस्तो गरेको हुन सक्ने आशङ्का गरिएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताए ।

विप्लव समूहले वडाध्यक्ष थापालाई विद्यालय लगायत अन्य क्षेत्रमा भ्रष्टाचार तथा अनियमितताको गर्दै आएको आरोप लगाएका थिए। भ्रष्चारीलाई कालोमासो दल्ने र सामाजिक बहिष्कार गर्ने विप्लवको निति अनुसार उसले विभिन्न ठाँउमा भ्रष्चारीलाई यस्तै कारवाही गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार