बैंकिङ कसुरको अभियोग लागेपछि कर्णाली प्रदेशका मन्त्री बर्खास्त

काठमाडौं । कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री खड्कबहादुर खत्रीलाई पदबाट बर्खास्त गरिएको छ ।
बैंकिङ कसुरको मुद्दामा पक्राउ परेसँगै कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले उनलाई मन्त्रीबाट बर्खास्त गरेका हुन ।

रिक्त रहेको उक्त मन्त्रालय तत्कालका लागि मुख्यमन्त्री आफैले सम्हाल्ने छन् ।

कृषि विकास बैंक रत्नपार्कले दायर गरेको बैंकिङ कसूरसम्बन्धी मुद्दामा उच्च अदालत पाटनले प्रतिवादी बनाइएका खत्रीलाई ३ दिनभित्र अदालतमा पेश गराउन आदेश दिएको थियो ।

न्यायाधीश श्रीकान्त पौडेल र टेकप्रसाद ढुंगानाको इजलासले मन्त्री पक्रन आदेश दिएको थियो। मन्त्री खत्री ठेकेदार समेत भएको खुलेको छ । उनको केएसके नामक कन्स्ट्रक्सन कम्पनी सुर्खेतमा संचालित छ।

५५/५५ लाख रुपैयाँका दुई वटा ठेक्काको बैंक ग्यारेन्टी फर्जी बनाउँदा उनी साक्षी बसेका थिए र प्रहरीले उनको बयान पनि संलग्न राखेको थियो।

मुद्दामा प्रतिवादी बनाइएका छविलाल ढकाल, रणधीर तुम्बा र देवलाल शाही पक्राउ परिसकेका छन् भने अर्का प्रतिवादी राजुप्रसाद श्रेष्ठ फरार छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार