रवि लामिछानेका समर्थकद्धारा रिहाइको माग गर्दै जिल्ला प्रहरी कार्यालय अगाडि प्रर्दशन

चितवन । पत्रकार शालिकराम पुडासैनीको आत्महत्याकाण्डमा अनुसंन्धानका लागि पक्राउ परेका संचारकर्मी रवि लामिछानेका समर्थकले उनको रिहाइका लागि जिल्ला प्रहरी कार्यालय चितवन अगाडि प्रर्दशन गरेको छन् ।

उनिहरुले ‘भ्रष्टाचारी, गुण्डागर्दी मुर्दावाद ! रवि कसका, जनताका ! रविलाई निसर्त रिहाइ गर’ भन्दै नाराबाजीसहित प्रर्दशन गरिरहेका छन् ।
प्रहरी कार्यालय अगाडी सयौंको संख्यामा रविका सर्मथकहरु उपस्थित छन् । विभिन्न सामाजिक संजालहरुमा त्यहाँको बस्तुस्थिती देखाइएअनुसार चितवन प्रहरी कार्यालय अगाडी ठुलो संख्यामा मानिसहरुको उपस्थिती देखिन्छ ।

रवि संगै पक्राउ परेका न्युज २४ कै युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई आज प्रहरीले अदालत पेश गर्दैछ ।
उनिहरुलाई कडा सुरक्षाकाबीच गएराती काठमाडौबाट जिल्ला प्रहरी कार्यालय चितवन ल्याइएको थियो ।

सर्मथकको होहल्ला र नारावाजीकाबीच केहिबेरमा उनिहरुलाई अदालत लगिने तयारी भइरहेको चितवनका प्रहरी प्रमुख एसपी दान बहादुर मल्लले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार