
चितवन । रवि लामिछानेका समर्थकहरुले प्रहरी र अदालतबिरुद्ध नै प्रर्दशन गर्न थालेपछि चितवनका युवाहरु बिहानै सडकमा उत्रेका छन् ।
चितवनको “स्वतन्त्र युवा समुह” ले शनिवार बिहानै पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणको अनुसन्धान प्रभावित नर्गन भन्दै चितवनमा शान्तीपुर्ण प्रर्दशन गरेका हुन ।
हात हातमा प्लेकार्ड बोकेका युवाहरुले पत्रकार पुडासैनीले गरेको आत्महत्याको निष्पक्ष छानविनको माग गर्दै चौबिसकोठीमा प्रदर्शन गरेको प्रहरीले जनाएको छ ।
युवाहरुले ‘अपराधलाई राजनीतिकरण नगरौं’, ‘पुडासैनीले न्याय पाउनैपर्छ’ ‘दोषीलाई कारबाही होस्’, ‘एनजीओको हस्तक्षेप बन्द गर’ ‘निष्पक्ष छानविन गर्न देऊ’ लगाएतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।
घटनाबारे प्रहरीले अनुसन्धान् गरिरहेकै बेला एकतर्फी समर्थन गर्दै विरोध गर्नुको कुनै औचित्य नभएको भन्दै युवाहरुले प्रर्दशन गरेका हुन् ।
घटनाका आरोपीहरु रवि लामिछाने, युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई अदालतले शुक्रबार म्याद थप गरी ५ दिन हिरासतमा राखि अनुसंन्धान गर्न प्रहरीलाई अनुमती दिएसंगै रविका सर्मथकहरु उर्ग हुँदै प्रहरी कार्यालयमाथी नै आक्रमण गरेका थिए ।
जसमा आधा दर्जन प्रहरी घाइते भएका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले १० राउण्ड अश्रुग्याँस समेत प्रहार गरेको थियो ।











