२ थान अटोमेटिक पेस्तोल र २० राउण्ड गोलीसहित विप्लव कार्यकर्ता पक्राउ


काठमाडौं । २ थान अटोमेटिक पेस्तोल र २० राउण्ड गोलीसहित एकजना विप्लव कार्यकर्ता पक्राउ परेका छन् ।
महानगरीय प्रहरी बृत्त थानकोटका अनुसार २ थान अटोमेटिक पेस्तोल र २० राउण्ड गोलीसहित पक्राउ परेका ब्यक्ती विप्लव कार्यकर्ता रहेको खुल्न आएको हो।

चन्द्रागिरी नगरपालिका–२ नागढुंगास्थित चेकप्वाईन्टमा प्रहरीले चेकजाँचका क्रममा बाट २ थान अटोमेटिक पेस्तोल र २० राउण्ड गोलीसहित ललितपुर कोन्ज्योसम गाउँपालिका–२ बस्ने २८ वर्षीय मुनाल भन्ने सुलभ लामालाई थानकोट प्रहरीले पक्राउ गरेको थानकोटका प्रहरी प्रमुख डीएसपी कुमार बिक्रम थापाले जानकारी दिए।

धादिङबाट काठमाडौं आउँदै गरेको बा२ ख १९८० नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार लामाको साथमा रहेको झोला जाँच गर्ने क्रममा झोलाभित्र उक्त पेस्तोल र गोली लुकाई छिपाई राखेको अवस्थामा फेला परेको डीएसपी थापाले बताए ।

लामाको साथबाट उसालेखिएको ९० एमएलको तेल रहेको बोतल २ थान, बाइनाकुलर १ थान, मोबाइल ५ थान तथा विभिन्न सम्पर्क नम्बरहरु भएको डायरी तथा कागजातहरु समेत प्रहरीले बरामद गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार