
काठमाडौं । आत्महत्या गरेका पत्रकार शालिकराम पुडासैनी र नर्स अस्मिता कार्कीबीच भनिएको प्रेम सम्बन्धका बिषयमा अस्मिताका दाजुले मुख खोलेका छन ।
अनमोलपोष्टसंग कुराकानी गर्दै अस्मिताका दाजु जगत कार्कीले आफ्नो बहिनीलाई झुट बोलेर प्रेममा पारेको आरोप लगाएका छन् । आफ्नो अविवाहीत रहेको भन्दै बहिनीलाई विभिन्न जालझेलमा पारी फसाएको उनको भनाई छ ।
पत्रकार शालिकरामले आत्महत्या गरिसकेपछि अस्मिता र उनिबीचको गोप्य फेसबुक च्याट बाहिर ल्याइएको बिषयमा पनि उनले मुख खोलेका छन् ।
केहि सर्तमा न्युज २४ लाई बहिनीले उक्त च्याट उप्लब्ध गराएको भन्दै जगतले त्यसलाई मिडियामा प्रकासन प्रशारण गरिएकोमा आपत्ती जनाएका छन् ।
संविधानले नै हरेकलाई गोपनियताको हक दिएको सन्द्रभमा बहिनीको गोपनियता भँगगरी चरित्र हत्या गर्ने काम भएको उनले बताए । गोप्य च्याट बाहिरिएसंगै सिंगो परिवारको समेत इज्जत, मान प्रतिष्ठामा आँच आएकाले त्यसबारे आफु न्याय माग्ने जगतले बताए ।
हेर्नुहोस भिडियो











