चितवन । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले भदौ ९ गते भोली चितवन बन्दको घोषणा गरेको छ । आइतबार विज्ञप्ती जारी गरी विप्लवले एक दिने चितवन बन्दको घोषणा गरेको हो ।
राप्ति ११ को आहोलेवाङ्गं भन्ने गाउँमा नेपाल कम्युनिट पाटिले बनाएको प्रतिक्षालय प्रहरीले भत्काएको विरोधमा भोली बन्दको कार्यक्रम तय गरिएको बताइएको छ ।
नेकपा चितवन सेक्रेटरी धुर्व र ईन्चार्ज शार्दुलद्वारा जारी बिज्ञप्तीमा भदौ ६ र ७ गते प्रचार प्रसार, ८ गते मसाल जुलुस र ९ गते चितवन बन्द कार्यक्रम अन्तरगर्त बन्द घोषणा गरिएको उल्लेख गरिएको छ ।
विज्ञप्तिमा जनताालई आतंकित बनाउँदै निर्माण भईरहेको प्रतिक्षालय भत्काउने र आगजनि गर्ने कार्यले आँफु पनि विकास नगर्ने र अरुलाई पनि विकास गर्न नदिने नियत प्रति विरोध गरिएको छ ।
विज्ञप्ती











