फेसबुकद्धारा नेपालका ७५ सय स्थलमा फ्रि-वाइफाइ सुरु


काठमाडौं । विश्वभर लोकपृय सामाजिक संजाल फेसबुकले नेपालका ७५ सय सार्वजनिकस्थलमा फ्रि- वाइफाइ दिन सुरु गरेको छ ।
फेसबुकले बिहीबारदेखि नेपालमा ‘एक्सप्रेस-वाइफाइ’ सेवा सुरु गरेको घोषणा गरेको हो ।

नेपालको इन्टरेनट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकसँगको सहकाय गर्दै फेसबुकले नेपालका ७ हजार ५०० स्थानमा निःशुल्क एक्सप्रेस वाइफाइ थालेको जानकारी दिएको छ ।

फेसबुकले यस्तो वाइफाइ सेवाका लागि अन्य देशमा रहेका स्थानीय इन्टरनेट सेवा प्रदायकसँग सहकार्य गर्दै निशुल्क सेवा दिदै आएके छ ।
त्यही क्रममा एसियाबाट भारत र नेपाल फेसबुकको यो सेवाा लागि छनौटमा परेका हुन् ।

फेसबुकसंगको सहकार्यमा सेवाग्राहीले झै सस्तो, भरपर्दो र उच्च गतिको सार्वजनिक वाइफाइ पाउने वर्ल्डलिंकको विश्वास छ ।

फ्रि वाइफाइ सेवा यसअघिबाटै दिइँदै आएको भएपनि अब फेसबुकसँगको सहकार्यबाट सेवा प्रभावकारी बन्ने वर्ल्डलिंकका सीईओ केशव नेपालले बताए ।

अब यस्तो फ्रि वाईफाई सेवा प्रयोग गर्दा पहिलेजस्तो एकपटक नेटवर्कमा कनेक्ट भएपनि पटक(पटक कोड राखेर कनेक्ट हुनपर्ने झन्झट हुने छैन । यसरी कम्पनीले १५ मिनेटदेखि दुई घण्टाको सीमा तोकेर निःशुल्क वाइफाइ सुविधा दिने जनाएको छ । तोकिएको अवधि सकिएपछि फेरि कनेक्ट गर्न सकिनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार