काठमाडौं । रक्तचन्दन तस्करीका खबर नआएको केहि महिना भएको थियो । काठमाडैको बैद्धमा २ जना रक्तचन्दनसहित पक्राउ गरेपछि यसको तस्करी फेरी सुरु भएको बताइन्छ ।
प्रहरीले बुधबार साँझ बौद्धबाट मुगुका ६० वर्षीय खेम्बा लामा र २० वर्षीय नोर्बुम तामाङलाई रक्तचन्दनसहित पक्राउ गरेको हो ।
महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख डीएसपी नगेन्द्र चन्दका अनुसार उनिहरुको साथबाट ८३ केजी रक्तचन्दन बरामद गरेको छ।
रक्तचन्दन नेपालमा प्रतिबन्ध छ ।










