होटलका कर्मचारीको हत्या प्रयासको आरोपमा तीन जना पक्राउ

काठमाडौं । आफु बसीरहेको होटलका कर्मचारीको हत्या प्रयासको आरोपमा तीन जना पक्राउ परेका छन् । लागूऔषध गाँजा सेवन गरेर खाना पुर्याउन आएका कर्मचारीलाई हत्या गर्ने प्रयास गरिएको भन्दै प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गुल्मीका कोसविन अर्याल, मकवानपुरका विनय वाइबा लामा र रामेछापका निशान धमाला रहेका छन्। उनीहरुलाई गएराति नै
महानगरीय प्रहरी वृत्त, कालिमाटीको टोलीले कलंकीको नारायणी गेष्ट हाउसबाट पक्राउ गरेको हो ।

गएराति कंलकीको नारायणी गेष्ट हाउसमा पाँच जना बसेका थिए । राति कोठामा खान पुर्याउन गएका सोही होटेलका कर्मचारी विवेक सोनाम सुनारसँग विवाद भएपछि होटलको दोस्रो तलाबाट भुइँमा फ्यालेको होटल सञ्चालक नारायण पुडासैनीले बताएका छन् । घाइते सोनामको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । उनको अवस्था गम्भिर रहेको चिकित्सकहरुले बताएका छन् ।

प्रहरीले घटनामा संलग्न अन्य दुई जनालाई खोजिरहेको छ भने घटनाको अनुसन्धान पनि गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार