काठमाडौं । नेपाली काँग्रेसले भोली (बुधबार) पार्टीको दोस्रो चरणको राष्ट्रिय जागरण अभियान कार्यक्रम घोषणा गर्दै छ । मंगलबार बसेको पार्टी केन्द्रिय कार्य समितिले बुधबार अपरान्ह ३ बजे पत्रकार सम्मेलन गरेर कार्यक्रमको घोषणा गर्ने भएको छ ।
अभियान अन्तरगत गरिने कार्यक्रमहरु बारे पनि भोली नै जानकारी गराइने नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् ।
मंगलबार बसेको बैठकमा पार्टीको म्याद सकिएका केन्द्रिय भातृ संगठनहरुको केन्द्रिय कार्य समितिको म्याद थप गर्ने विषयमा पनि छलफल भएको छ । त्यसैगरी विदेशस्थित ३५ वटा जनसम्पर्क समितिहरुको पनि म्याद थप गर्ने विषयमा पनि केन्द्रीय कार्य समितिमा छलफल भएको छ ।











