
जनकपुर । जनकपुरमा एक नगरपालिकाको कार्यालय सार्नेक्रममा विवाद हुँदा एक जनाको मृत्यु भएको छ ।
जिल्लाको हंसपुर नगरपालिकाको कार्यालय सार्ने विषयमा भएको झडपको क्रममा घाइते भएका स्थानिय ५५ वर्षीय तपेश्वर मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ ।
झडपमा परी घाइते भएका मण्डललाई तत्कालै जनकपुर अञ्चल अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचारका क्रममा गएराती मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
अस्पतालमै उपचाररत रहेका उनको मृत्युपछि अस्पतालसमेत राती कहिबेर तनाव समेत भएको थियो । गत साउन २१ गते नगरपालिकाका मेयर रामज्ञान मण्डलले प्रहरीको सहयोगमा बघचौडामा रहेको साबिकको कार्यालयका सामाग्रीहरु जबरजस्ती लैजान खोजेपछि उपमेयर रेणु झासहित स्थानीयले अवरोध गरेका थिए ।
त्यसक्रममा प्रहरीले लाठीचार्ज गर्दा मृतक मण्डलसहित आधा दर्जन स्थानीय घाइते भएका थिए ।









