
काठमाडौं । नेपाल भ्रमणमा रहनुभएका चिनियाँ विदेशमन्त्री वाङ यी र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको छ । मंगलबार बिहान प्रचण्ड र यीबीच काठमाडौंस्थित होटल म्यारियटमा भेटवार्ता भएको प्रचण्डका प्रेस सहयोगी विष्णु सापकोटा जुगलले जानकारी दिए।
भेटमा नेपालको आर्थिक विकासको प्रयासमा चीन सरकार र चिनियाँ जनताबाट हुने सहकार्य र सहयोगलाई थप विस्तार गर्नेबारे छलफल भएको छ । दुई देशबीचको मित्रतापूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल केन्द्रित थियो । चिनियाँ राष्ट्रपतिको सि जिङ पिङको आसन्न नेपाल भ्रमणबारे छलफलमा विचारविमर्श भएको भयो ।









