मुटु जाँचको लागि प्रधानमन्त्री ओली टिचिङ अस्पतालमा


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मुटु जाँचका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल गएका छन् । बुधबार बिहान शिक्षण अस्पताल, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेका प्रधानमन्त्री ओलीले मुटुको जाँच गराएको उनको सचिवालयले जनाएको छ ।

उनको मुटुमा राखिएको क्याथेटर चिकित्सकहरुले निकादिएका छन् । सिंगापुरमा हालै उनको मिर्गौलाको उपचार गर्दा मुटुमा क्याथेटर राखिएको थियो ।जसलाई निकालिएको मुटुरोग विशेषज्ञ डा। रोशन राउतले बताए । उनका अनुसार बिरामीको हात अथवा खुट्टाको नसाबाट तार पठाएर गरिने जाँच र उपचार पद्धतीलाई क्याथेटर भनिन्छ । जाँचपछि प्रधानमन्त्री ओली स्वस्थ रहेको अस्पतालले जनाएको छ ।

गत वर्ष पनि प्रधानमन्त्री ओलीले त्यहाँ मुटुको जाँच गराएका थिए । सिंगापुरमा मृगौलाको उपचार गरेर साउन २० गते प्रधानमन्त्री ओली नेपाल फर्केका थिए । सिंगापुरमा प्लाज्मा फेरिसस प्रक्रियाबाट मृगौलाको उपचार गराएपछि चिकित्सकले उनलाई आराम गर्न सुझाव दिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार