चिनियाँ कम्युनिष्ट पार्टी र सत्तारुढ नेकपाबीच समझदारि पत्रमा हस्ताक्षर


काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) बीच आपसी सहयोग र सहकार्यका लागि सम्झदारि पत्रमा हस्ताक्षर भएको छ ।

काठमाडौंमा दुईदिनसम्म चलेको दुबै पार्टीबीचको छलफलपछि आपसी सहयोग, सहकार्य र भाइचारा सम्बन्ध स्थापित गर्नका लागि समझादारि पत्रमा हस्ताक्षर गरिएको हो ।

हस्ताक्षर पत्रमा नेकपाका विदेश विभाग प्रमुख माधव कुमार नेपाल र सीपीसीका विदेश विभाग प्रमुख सङ ताओले हस्ताक्षर गरेका गरे।

दुई पार्टीबीच आगामी दिनमा आपसी सहयोग, सहकार्य, भ्रमण र गोष्ठीहरू गर्दै जाने बिषय मुख्य रुपमा समझदारि पत्रमा उल्लेख गरिएको नेकपा विदेश विभागका उपप्रमुख विष्णु रिजाल जानकारी दिए।

कार्यक्रममा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड दुवै उपस्थित थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार