शेरबहादुर देउवाविरुद्ध आफ्नै कार्यकर्ताको चर्को प्रर्दशन


काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध आफ्नै कार्यकर्ताले घेरेर बिरोध प्रर्दशन गरेका छन् । काँग्रेस भ्रातृ संगठन तरुणदलका कार्यकर्ताले शुक्रबार पार्टी कार्यालय सानेपामा देउवाबिरुद्ध प्रदर्शन गरेका हुन ।

तरण दलका तत्कालीन महासचिव भुपेन्द्रजंग शाही समूहले तरुण दलका अध्यक्ष जीतजंग बस्नेतको राजीनामा माग्दै देउवाबिरुद्ध प्रदर्शन र नाराबाजी गरेका थिए ।

काँग्रेसभित्र तरुण दलको नेतृत्वलाई लिएर नेताहरुबीच चर्को विवाद देखिएको छ । जसको परिणाम आज पार्टी कार्यालयमा देउवा बिरुद्ध नै प्रर्दशन र नारावाजी भयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार