जनकपुरधाम । गएको सोमबार जनकपुर विमानस्थल तोडफोड गरेको आरोपमा पक्राउ परेका सांसद प्रमोदकुमार साह साधारण तारेखमा रिहा भएका छन् ।
सुक्रबार जिल्ला अदालत धनुषाका न्यायाधीश तेजनारायण पौडेलको इजलासले उनलाई साधारण तारेखमा छाड्न आदेश दिएको छ ।
गएको सोमबार बुद्ध एयरको उडान ढिलो भएको भन्दै राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सांसद साहले काउन्टरमा लात्ती हानेका थिए ।
उनीविरुद्ध उजुरी परेपछि मंगलबार ओखलढुंगा जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेर जनकपुर लगिएको थियो ।
सरकारी वकिल कार्यालयले साहविरुद्ध गैरसैनिक हवाई उडान ऐन २०१५ को दफा ९ ९क० को आधारमा अपराध गरेको कारणले उनिमाथि पाँच वर्षदेखि दस वर्षसम्मको कैद सजायको मांगदाबीसहित जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।
तर अदालले भने मागदावी नपुगेको भन्दै साधारण तारेखमा रिहा गर्ने आदेश दिएको छ ।











