
काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ले आगामी मंसीर १४ गते हुने उपनिर्वाचिन बहिष्कार गर्ने भएको छ । नेकपा ९क्रान्तिकारी माओवादी० ले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उपनिर्वाचन बहिष्कार गर्ने निर्णय गरिएको जानकारी गराएको हो ।
निर्वाचन आयोगले तीनवटै तहको विभिन्न ५२ वटा स्थानमा हुने उपनिर्वाचनका लागि कार्यतालिका समेत सार्वजनिक गरेपछि बैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ले सो उपनिर्वाचन सशक्त रुपमा बहिष्कार गर्ने घोषणा गरेको हो ।
देश, जनता र क्रान्तिकारी आन्दोलनलाई अघि बढाउन नदिने भएकाले सो निर्वाचन सक्रिय रुपमा बहिष्कार गर्ने निर्णय गरिएको पार्टीका नेता सिपी गजुरेलले जानकारी दिए ।










