चिनियाँ राजदूतलाई ट्वीटरमा फलो गर्नुस, पुरस्कार पाउनुस

काठमाडौं । ट्वीटरमा फलो गरेवाफत पुरस्कार, सुन्दा अच्चम लाग्न सक्छ । तर, नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले ट्वीटरमा आफुलाई फलो गरेवाफत पुरस्कार दिने घोषणा गरेकी छिन् । तर उनले दिने पुरस्कृत पाउनका लागि भने केहि नियमहरु पालना गर्नुपर्ने छ ।

पुरस्कार पाउनका लागि उनलाई फलो संगै उनले पोस्टलाई रि–ट्विट, कमेन्ट र एक जना साथीलाई ट्यागसमेत गर्नुपर्नेछ ।
२६ डिसेम्बर मध्यान्ह १२ बजेसम्म आफूलाई फलो, रि–ट्वीट, कमेन्ट र ट्याग गर्नेमध्ये पाँच जनालाई पुरस्कार दिइने यान्छीले ट्वीटरमार्फत जानकारी दिएकी छन् ।

२७ डिसेम्बरबाट काठमाडौंमा सुरु हुने चिनियाँ चलचित्र महोत्सवलाई लक्षित गर्दै राजदूत यान्छीले यस्तो पुरुस्कारको घोषणा गरेकी हुन् । उनले पुरस्कृतलाई महोत्सवकै दुई वटा टिकट उपलब्ध गराउने जनाएकी छन् ।

राजदूत यान्छी आफुले भने २९ जनालाई ट्वीटरमा फलो गरेकी छन् । जसमध्ये नेपालका राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्रमन्त्री, प्रमुख विपक्षी दलका नेता, नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल गरी पाँच नेपालीलाई फलो गरेकी छन् ।

चीनमा भने ट्वीटर, फेसबुक, गुगल, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जालहरुमाथि सरकारले प्रतिबन्ध लगाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार