बलात्कारपछि हत्या अभियोगका दोषी लिलाराज २० बर्षमा पक्राउ

काठमाडौं । बलात्कारपछि हत्या गरेको अभियोगमा दोषी ठहरिएका एक ब्यक्ती २० बर्षपछि पक्राउ परेका छन् । बलात्कारपछि हत्या अभियोगका दोषी झापा चन्द्रगढी–३ स्थायी घर भएका लिलाराज गौतमलाई पक्राउ गरि गरिएको हो ।
उनलाई नेपाल प्रहरीले इन्टरपोल वासिङ्टन शाखाको सहयोगमा पक्राउ गरी नेपाल फिर्ता ल्याएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता विश्वराज पोखरेलले जानकारी दिए ।

गौतम बिरुद्ध प्रहरीले रेडकर्नर शाखाले २०७४ मंसिर १२ गते रेड नोटिस जारी गरेको थियो । इन्टरपोल वासिङ्टनसँग भएको समन्वयका क्रममा उनी सन् २०१८ जनवरी २ मा अमेरिकामा रहेको जानकारी आएपछि बेफ्रुअरी १३ मा पक्राउ गरेर अमेरिकाकै डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको हिरासतमा राखिएको थियो ।

अमेरिकाको अध्यागमन कानुनसमेत उलंघन गरेका गौतमलाई त्यहाँको आवश्यक कानुनी कारबाहीपछि बुधबार अमेरिकाको मियामीबाट टर्किस् एयरलाइन्सको विमानबाट नेपाल ल्याइएको प्रवक्ता पोखरेलले बताए ।

उनलाई अहिले आवश्यक कारबाहीको लागि केन्द्रीय अनुसन्धान ब्यूरोमा राखिएको छ ।

यस्तो थियो १९ वर्ष पुरानो घटना
२०५७ असोज २९ गते राती लिलाराजसहित मनोज खड्का र सिताराम बस्नेतले झापा चन्द्रगढी–३ की सन्ध्या राजवंशीलाई बलात्कार पछि जंगल छेऊको रुखमा झुण्डिएको अवस्थामा मृत भेटिइन् ।

घटनाको भोलिपल्ट मृतकका बुबा राजकुमार राजवंशीले जिल्ला प्रहरी कार्यालय झापामा जाहेरी दिएकोमा प्रतिवादी लिलाराजलाई जिल्ला अदालत झापाले २०५८ कात्तिक २१ गते सफाइ दिएको थियो ।

तर फैसला उपर सरकारले पुनरावेदन अदालत इलाममा पुनरावेदन दियो । पुनरावेदनले पनि २०५८ चैत २८ गते झापा अदालतकै फैसला सदर गरिदियो ।

त्यसपछि मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन दिइएकोमा लिलाराजलाई सर्वोच्चले १९ वर्ष २ महिना जेल सजायको फैसला गरेको थियो ।

हत्याको घटना भएको ९ वर्षपछि सर्वोच्च अदालतले ०६६ साल भदौ २९ गते  अर्को फैसला सुनायो । सर्वोच्चले तल्ला अदालतको फैसलालाई उल्ट्याउँदै लीलाराज गौतम समेतलाई जन्मकैदको सजायँ सुनायो । सर्वोच्चले यस्तो फैसला सुनाउँदा गौतम प्रहरीको पञ्जाबाट उम्किइसकेका थिए ।

प्रतिवादी गौतम ०५७ कात्तिक १ देखि ०५८ साउन ३२ सम्म १० महिना थुनामा परेका थिए । सो अवधि कट्टा गरेर उनलाई १९ वर्ष २ महिना जेलमा राख्न सर्वोच्च अदालतले ०६६ सालमै फैसला सुनाउँदा उनी अमेरिका पुगिसकेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार