
काठमाडौं । पूर्वप्रधामन्त्री तथा नेकपाका अध्यक्ष प्रचण्डले आफुलाई सक्कली माओवादी नभएको बताएपछि उनको भनाई अहिले चर्चामा छ ।
एउटा कार्यक्रममा बोलेको उनको यो भनाईलाई लिएर राजनितिक वृतमा विभिन्न टिका टिप्पणी भइरहेका छन् । प्रचण्डको भनाईलाई लिएर
समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा। बाबुराम भट्टराईले भने खरो टिप्पणी गरेका छन् ।
बाबुरामले टुईट गर्दै कटाक्ष गरेका छन, “मदन भण्डारी र म सानैमा छुट्टएिका एउटै आमाका सन्तान पनि भन्ने हो कि रु यसरी माछा देखे भित्र हात, सर्प भए बाहिर हात कहिलेसम्म ?”

नेकपा अध्यक्ष प्रचण्डलाई ओरिजनल माओवादी नभए डुप्लीकेट माओवादी हो रु भनेर पनि बाबुरामले प्रश्न गरेका छन् । उनले प्रचण्डको ओरिजिनल र डुप्लिकेट अवतार कसरी चिन्ने रु भनेर पनि प्रश्न गरेका छन् ।
तत्कालीन माओवादीका सुप्रिम कमाण्डरसमेत रहेका प्रचण्डले शुक्रबार विराटनगरको एक कार्यक्रममा आफू ओरिजिनल माओवादी नभएको अभिव्यक्ति दिएका थिए ।
तत्कालीन माओवादीमा रहँदा प्रचण्डका सहकर्मीसमेत रहेका भट्टराईले कुनै दिन प्रचण्डले आफूलाई ओरिजिनल कम्युनिष्ट पनि थिइनँ भन्नुपर्ने टिप्पणी गरेका छन् ।
डा.भट्टराईले टुइट गर्दै लेखेका छन, “मेरा परम मित्र प्रचण्डलाई केही प्रश्न’ भन्दै ट्वीटरमा लेखेका छन्, ‘तपाईं ओरिजनल माओवादी नभए के तपाईँ डुप्लीकेट माओवादी हो रु यो तालले त कुनै दिन तपाईंले आफूलाई ओरिजनल कम्युनिष्ट पनि थिइनँ भन्नुपर्ला । किनकि पुष्पलालको हातबाट पार्टी सदस्यता लिएकाले त्यसो भन्ने हो भने पुष्पलाल स्वयं शुरूमा काँग्रेस हुनुहुन्थ्यो ।”










