कम्युनिष्ट सरकारको षडयन्त्र निष्तेज पार्न तयार रहनुहोस–देउवा


काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारका षडयन्त्रलाई निष्तेज पार्नेगरी तयारी अवस्थामा रहन पार्टीका युवाहरुलाई निर्देशन दिएका छन् ।

प्रमुख प्रतिपक्ष दलका प्रमुख नेता समेत रहेका देउवाले कम्युनिष्ट नेतृत्वको वर्तमान सरकारले लोकतान्त्रिक हक अधिकारलाई संकुचित बनाउन खोजिरहेको आरोप समेत लगाए ।

नेपाल तरुण दलको स्थापना दिवशको अवसरमा आईतबार पार्टी केन्द्रीय कार्यालय, सानेपामा आयोजित कार्यक्रममा बोल्दै सभापति देउवाले भने, कम्युनिष्ट सरकारले अभिब्यक्ती स्वतन्त्रतालाई संकुचित पार्ने प्रयास गरिरहेको छ, त्यस्ता षडयन्त्रहरुलाई निष्तेज पार्न म युवा कार्यकर्ताहरुलाई आग्रह गर्दछु ।

संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न, नेपाली जनताको बोल्न, लेख्न, संगठन खोल्न पाउने लगायतका प्रजातान्त्रिक अधिकारहरुको रक्षा गर्ने दायित्व पार्टीका तरुण र युवाहरुको काँधमा आएको भन्दै देउवाले सोही अनुसार काम गर्न अनुरोध गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार