रौतहटमा गुप्तामाथि गोली प्रहार गर्ने पनि भारतिय नै भएको खुलासा

रौतहट । रौतहटमा गोली प्रहारबाट एक जना भारतिय नागरिक घाइते भएका छन् । बुधबार साँझ गौर नगरपालिका–३ विद्युत प्राधिकरणको कार्यालय नजिकै भएको गोली प्रहारबाट ४५ वर्षीय भारतीय नागरिक विजय गुप्ता घाइते भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

गुप्तालाई भारतीय कपडा तस्कर नरेश रायले गोली हानेको प्रारम्भिक अनुसंन्धानमा खुलेको प्रहरीले जनाएको छ। राय पनि भारतीय नागरिक नै भएको बताइएको छ ।

गोली प्रहारबाट गम्भिर घाइते गुप्ताको जिल्ला अस्पताल वीरगंजमा उपचार भइरहेको रौतहट जिल्ला प्रहरी प्रमुख, डीएसपी नविन कार्कीले जानकारी दिए । डीएसपी कार्कीका अनुसार गुप्ताको पेटमा गोली लागेको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको डीएसपी कार्कीले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार